Nepali Unicode | Preeti to Unicode

नेपाल प्रहरी प्रधान कार्यालयले झन्डै साढे ४ सय प्रहरी सहायक निरीक्षक (असइ) पदका लागि दरखास्त आह्वान गरेको छ ।

साथै साढे दुई हजार हाराहारी जवान पदका लागि पनि विज्ञापन खुलाइएको छ । आइतबार एक सूचना प्रकाशित गर्दैै नेपाल प्रहरीले ४ सय ४३ जना असइ माग गरेको हो ।

यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ असइ र दुई हजार ४ सय ७४ प्रहरी जवान माग गरिएको छ ।

२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना असई माग भए पनि ७६ जना थप गरी कुल जम्मा ४ सय ४३ जना असइ पदका लागि विज्ञापन निकालिएको छ ।

यता २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५ सय ३ जना थप गरी कुल जम्मा दुई हजार ४ सय ७४ जना प्रहरी जवान माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर