राजधानीका विभिन्न ठाउँमा हैजाको संक्रमण देखिएपछि कांग्रेस नेता विश्वप्रकाश शर्माले सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा एक सन्देशमुलक भिडियो सेयर गर्दै सचेत रहन आग्रह गरेका हुन् ।
उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरुले पनि पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिंदै आएका छन् । शर्माले पनि स्वास्थ्य मापदण्डका सबै नियम पालन गरि हैजा संक्रमणबाट बच्न सुझाव दिएका छन् ।
सार्वजनिक स्थानमा थुप्रिएको फोहार र त्यसका कारण पानीका स्रोत प्रदूषित हुँदा हैजा फैलिने जोखिम बढ्छ भन्दै उनले सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् । पानी उमालेर मात्र पिउने,हातमुख राम्रोसंग धुने,फोहोर थुप्रिने ठाउँ सफा गर्ने लगायतका काम गरेर हैजा बाट हुने संक्रमण नियन्त्रण गर्न सकिने शर्माले जारी गरेको भिडियोमा उल्लेख छ ।
सजग बनौं, आफू जोगिउँ, अरुलाई जोगाऔं ! pic.twitter.com/jyU4c0zxP6
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 30, 2022
