संघीय संसद अन्तर्गत माथिल्लो सदनको बैठक आज ११ बजे बस्दैछ ।
राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक–२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् ।
साथै राष्ट्र ऋण उठाउने विधेयक –२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक–२०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि उनैले प्रस्तुत गर्ने कार्यतालिका छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पनि दुई विधेयक दफावार छलफल र पास गर्न पेस गर्दैछन् ।
औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक –२०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
