भन्सार एजेन्ट परीक्षाको अन्तिम नतिजा प्रकाशित भएको छ । गत वैशाख १७ गते परीक्षा भएको थियो ।
लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० जना उत्तीर्ण भएका थिए भने ८ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए ।
जसमध्ये ६ सय ६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।
लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।
लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।
