Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक सङ्ख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य सङ्ख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने व्यवस्था छ । सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

३ मिनेट समय दिएर सांसदको सङ्ख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय