Nepali Unicode | Preeti to Unicode

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटतम सहयोगीले तेस्रो विश्वयुद्ध सुरु भएमा नेटोको सम्भावित लक्ष्य स्वरूप लण्डनमा पहिलो बम विस्फोट हुने दाबी गरेका छन्।

रुसी संसद्को रक्षा समितिका सदस्यसमेत रहेका आन्द्रे गुरुल्योभले रुसी राज्य नियन्त्रित च्यानल १ सँगको कुराकानीमा यस्तो टिप्पणी गरेका हुन् ।

सो क्रममा उनी नेटोको बाल्टिक राज्यका सदस्यहरूमाथि सम्भावित पूर्ण आक्रमणको रूपरेखा कस्तो हुनेछ भन्नेबारे छलफल गरिरहेको बेलायतमा आधारित अखबार  मेट्रोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर