Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध | अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार |

कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा आइपुग्दा ठूला कम्पनीको कारोबार मापन गर्ने परिसूचक सेन्सेटिभ ७ अंकले घटेर ३६२.०९ विन्दुमा झरेको छ ।

बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार १ अर्ब घटिको कारोबार भएकोमा बिहीबार भने २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५० अर्बको कारोबार भयो ।

उपसूचक समूहमा पनि राताम्मे देखिएको छ । निर्जीवन बीमा २१८.०५, जीवन बीमा १४३.३८, विकास बैंक ११९.८६ र माइक्रोफाइनान्स १०२.१५ अंकले घटेका छन् । म्युचल फन्ड र लगानी समूह सामान्य अंकले घट्दा अन्य समूह भने दोहोरो अंकले ओरालो झरे ।

शेयरबजार लगातार घटिरहँदा शेयर बजारमा शून्यता छाएको छ । एक समय दैनिका २० अर्बभन्दा माथिसम्मको कारोबार हुने गरेको बजारमा अहिले मुस्किले डेढ अर्बको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय