Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रूटिन अफ नेपाल बन्द प्रयोग गरेर चुनाव जितेको दावी गरेकी छन् ।

प्रधानमन्त्री पत्नी समेत रहेकी उनले सोमबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिले जति पनि स्वतन्त्रले जितेका छन् उनीहरूले एउटा न एउटा गुण पहिचान गरी नेता बनेको बताएकी हुन् ।

बालेन साहको रूटिन अफ नेपाल बन्दको प्रयोग गरे। म अहिले खुलेर त भन्न चाहन्न तर उहाँले कतिमा हायर गर्नुभयो ? उहाँले त्यसैलाई परिचालन गर्नुभयो।’

उनले आफूहरुले लोकतन्त्रलाई विश्वास गर्ने दाबी गर्दै पार्टीका मान्छेहरुले नै देश चलाउने जिकिर समेत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर