Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

सुन्दरी प्रतियोगिताका क्रममा जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका पाण्डेलाई न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले थुनामा पठाउने आदेश दिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरिएको छ । पाण्डेले यौन दुरुपयोग गरेको लगायत आरोप लगाइ  मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद  (१८) को बाल यौन दुरुपयोग गर्न नहुने कसुरमा २०७९ साल जेठ ८ गते उजुरी दायर भएको थियो ।

पाण्डेले विभिन्न बहानामा होटल तथा विभिन्न स्थानमा बोलाई नशालु पदार्थ पिलाई बेश्याबृत्तिमा लगाउने गरेको लगायत आरोप जाहेरीकर्ताले लगाएकी छन् । गत जेठमा घटना सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

हदम्यादका कारण जबरजस्ती करणीमा मुद्दा दर्ता गर्न सम्भव नभएपछि उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाइएको थियो । जेठ ७ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई  डिल्लीबजार कारागारमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय