Nepali Unicode | Preeti to Unicode

इङ्ल्यान्डले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।  जितसँगै इङ्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २—० ले कब्जा गरेको छ ।

नेदरल्यान्ड्सले दिएको २ सय ३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । इङ्ल्यान्डको जितमा फिल साल्टले ७७ तथा जासन रोयले सर्वाधिक  ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । मोइन अलीले अविजित ४२  रन बनाउँदा डाविड मालनले ३६ रन जोडे ।

नेदरल्यान्ड्सका आर्यन डुटले २ विकेट हात पारे ।  त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४१ ओभरमा ७ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो । आदील राशिद र डेभिड विलिले २ । २ विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर