Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ ।

सैनिक भर्ति योजनाको विरोधका क्रममा बिहारमा आज (शुक्रबार) बिहान गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको हाे । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो । त्यस्तै लखिसराइमा पनि अर्को यात्रुबहाक रेलमा आगो लगाइएको छ । उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसन भित्र छिरेर तोडफोड गरेका छन् ।

बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाव लगायतका राज्यहरुमा नयाँ भर्ति कार्यक्रमको ब्यापक विरोध भएको छ । अग्निपथ नामक सैनिक भर्ति योजना अनुसार साँढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ति लिइने छ । तर भर्ति गरिएको ४ वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालिन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो ।

सामान्य अवस्थामा १५ वर्षे सेवा अवधिपछि आजीवन पेन्सन प्राप्त हुने भएकाले भारतमा सैनिक जागिर निकै आकर्षक मानिन्छ । सरकारले भने सशस्त्र जनशक्ति र त्यसबाट अवकाश पाउनेहरुको पेन्सन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै नयाँ योजना ल्याएको हो । ४ वर्षे सैनिक कार्यक्रमले सेनामा भर्ति हुने हजारौं युवाको सपना पनि पूरा हुने र सीमितलाई पनि पूर्णकालिन सेनामा परिणत गर्दा खर्च पनि कटौती हुने सरकारी तर्क छ ।

तर प्रदर्शनकारीहरुले भने सेनामा ४ वर्ष सेवा गरेपछि के गर्ने भन्ने प्रश्न उठाईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय