Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

काठमाडौं, असोज १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत छन् । उनलाई अनशनको नवौं दिनमा जुम्लाबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

शिक्षण अस्पतालको शड्ढयामा सिकिस्त अवस्थामा छटपटाइरहेका उनलाई बिहीबारदेखि ऐंठन पर्न थालेको छ । उनमा छाती दुख्ने, जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्ने, मांसपेशी दुख्नेलगायत समस्या देखिन थालेको अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सक सुवास आचार्यले डा। केसीमा अरू समस्यासँगै ऐंठन पर्न थालेको जानकारी दिए ।

डा केसीको रगतमा डब्लुबिसीको मात्रा, सुगर र पोटासियमलगायत तत्वको कमी देखिएको र उनलाई जुनसुकै बेला भेन्टिलेटरमा राख्नुपर्ने अवस्था निम्तिन सक्ने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । तत्काल अनशन नतोडाउने हो भने उनको ज्यानै तलमाथि हुन सक्ने भन्दै उनीहरू चिन्ता व्यक्त गर्छन् ।

विगतमा मुटुमा समस्या देखिएपछि उनी त्रिवि मनमोहन कार्डियोेथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्नासमेत भएका थिए । भोक हडतालका कारण मुटुसँगै अन्य समस्या थपिने खतरा रहेको चिकित्सकहरू बताउँछन् । सरकारले १९औं दिनमा पनि उनको माग सम्बोधन गर्न चासो देखाएको छैन । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय