Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ ।

महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यस पटक नेपाली काँग्रेसले अघिल्लो पटकभन्दा राम्रो सफलता हात पारेको छ । महानगर प्रमुख र उपप्रमुखमा केन्द्रबाट गठबन्धनको निर्णय भएर सोहीअनुसार उम्मेदवार उठाए पनि वडामा केहीमा तालमेल र केहीमा दलहरुबीच एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो ।

गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले)का मञ्जुदेवी गुरुङ विजयी भए ।

उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका कोपिला रानाभाट पराजित भए पनि महानगर वडामा अघिल्लो निर्वाचनको तुलनामा काँग्रेसले दोब्बरभन्दा बढीले सफलता प्राप्त गरेको छ । वडामा काँग्रेस केहीमा एकल र केहीमा माओवादी केन्द्रलगायतका दलहरुसँग चुनावी तालमेल गरेर निर्वाचन लडेको थियो ।

विसं २०७४ को पहिलो स्थानीय तह सदस्य निर्वाचनमा महानगरका ११ वडा जितेको काँग्रेस यस पटक २३ वडामा विजयी हुँदा अघिल्लो पटक २२ वडा जितेको नेकपा(एमाले) भने नौ वडामा खुम्चिएको छ ।

एमालेले पहिला आफूले जितेका अधिकांश वडा गुमाउँदा काँग्रेसबाट एक वडामात्र खोस्न सफल भयो । पोखरामा स्वतन्त्र एक उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

काँग्रेसका तर्फबाट पोखरा वडा नं २ को वडाध्यक्षमा दिवसमान प्रधानाङ्ग, वडा नं ३ मा प्रकास उदास, वडा नं ४ मा देवकृष्ण पराजुली, वडा नं ७ मा राममोहन आचार्य, वडा नं ९ मा दीपेन्द्र मरासिनी, वडा नं १० मा राजेश गुरुङ, वडा नं ११ मा प्रेमप्रसाद कर्माचार्य, वडा नं १२ मा सन्तोष बास्तोला र वडा नं १३ मा किरण बराल निर्वाचित भएका छन् ।

यसैगरी वडा नं १४ को वडाध्यक्षमा बोधराज कार्की, वडा नं १६ मा अमृत शर्मा तिमिल्सिना, वडा नं १८ मा शिवप्रसाद तिमिल्सिना, वडा नं १९ मा पुष्पेन्द्र पाण्डे, वडा नं २३ मा राजकाजी गुरुङ, वडा नं २४ मा भरतबहादुर अधिकारी, वडा नं २५ मा मोतिप्रसाद तिमिल्सिना, वडा नं २६ मा नरेन्द्र थापा, वडा नं २७ मा पूर्णकुमार गुरुङ, वडा नं २८ मा श्रीकृष्ण लामिछाने, वडा नं ३० मा दुर्गाप्रसाद सुवेदी, वडा नं ३१ मा ढकनाथ कँडेल, वडा नं ३२ मा अक्कलबहादुर कार्की र वडा नं ३० मा रामचन्द्र अधिकारी विजयी भए ।

एमालेका तर्फबाट पोखरा वडा नं १ मा साहारा प्रधान, वडा नं ५ मा विष्णुप्रसाद बराल, वडा नं ६ मा विष्णुबहादुर भट्टराई, वडा नं ८ मा रुद्रप्रसाद बराल, वडा नं १५ मा तोरण बानियाँ, वडा नं १७ मा राधिका शाही, वडा नं २० मा गङ्गा केसी, वडा नं २१ मा दीपकप्रसाद सुवेदी र वडा नं २९ मा श्रीप्रसाद गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरा–२२ मा भने स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भए । स्वतन्त्र उम्मेदवारी दिए पनि बराललाई सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले दलका तर्फबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय