Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हालेका छन् । सोमबार उनले पदभार सम्हालेका हुन् । पदभार सम्हाले लगत्तै  उनले करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समिति बनाउने निर्णय गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०४४ को  दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ । चुनावमा गरेको बाचा अनुसार करको दर घटाउने र दायरा बढाउनका लागि परामर्श समिति गठन गरेको महानगरपालिका प्रमुख कोइरालाले बताए । मेयरको कार्यभार सम्हालेका कोइरालाले सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिवद्धता जनाए ।

स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय हुनेछ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुनेछन् ।

आगामी नगरसभामा समितिले सुझाव पेश गुर्नपर्ने भएकाले तत्काल काम सुरु गर्ने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय