Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसले देशकाे सम्पत्ति खाएकाे बताएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।

बहुदलीय अध्यासमा आएपछिको ३२ वर्षमा नेपाली काङ्ग्रेसले २७ वर्ष शासन गरेको बताउँदै उनले काङ्ग्रेसले यो अवधिमा देशको सम्पत्ति खाएको, शासन राजालाई बुझाएको र राज्य संयन्त्रको दुरुपयोग गर्ने काम मात्र गरेको बताए ।

यस्तै ओलीले काङ्ग्रेसले आफ्नो पार्टीको नीति, कार्यक्रम र योजनाहरूलाई गफ ठान्ने गरेको पनि बताए । उनले भने, ‘अचम्म त के लाग्छ भने, एमालेले ल्याएको नीति, कार्यक्रम र योजनाहरूलाई काङ्ग्रेस मजाक र गफ ठान्छ । देशको समृद्धि र जनताको सुखलाई काङ्ग्रेस कोरा सपना ठान्छ ।’

​​​​​​​अदालतले परमादेशी सरकार बनाएपछि विकास निर्माण, सुशासन, समाज रुपान्तरणको यात्रा रोकिएको उनले बताए।

यसैगरी ओलीले आफू नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे दाबी गरे । उनले भने, ‘एमालेकाे नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे छ । नेपाली समाजकाे परिवर्तन र रूपान्तरणका लागि एमालेले स्थापनाकालदेखि नै यी नै कुराहरूमा अडिग छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर