Nepali Unicode | Preeti to Unicode

इटालियन सिरी ‘ए’मा युभेन्टसले पुनरागमन जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले सासुलोलाई उसैको घरमा २–१ गोलले जित निकालेको हो ।

युभेन्टसको जितमा पाउलो डेबाला र मोइसे किनले एक–एक गोल गरे । सासुलोका जियाकोमो रास्पाडोरीले एक गोल गरे ।

रास्पाडोरीले खेलको ३८औँ मिनेटमा गोल गर्दै सासुलोलाई अग्रता दिलाएका थिए । ४५औँ मिनेटमा डेबालाले गोल गर्दै युभेन्टसलाई बराबरीमा फर्काए । ८८औँ मिनेटमा किनले गोल गरेपछि युभेन्टस २–१ गोलले विजयी भएको हो ।

जितसँगै शीर्ष चारमा रहेको युभेन्टसले ३४ खेलमा ६६ अङ्क जोडेको छ । सासुलो भने ४६ अङ्कका साथ १०औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर