डोटी– आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले डोटीका नौवटै स्थानीय तहका उमेदवार चयन गरेको छ ।
छनोट गरेका उमेदवारमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी, उपप्रमुखमा रुपा कठायत, शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर, उपप्रमुखमा लक्ष्मी मल्ल छन् ।
यसैगरी, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, बडिकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ती, उपाध्यक्षमा सपना सिराडी, आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मर वली, उपाध्यक्षमा जानकी खड्का, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम), जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्षमा विष्नादेवी सिंह, केआईसिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी, उपाध्यक्षमा धनादेवी कुँवरको नाम टुंग्याएको एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए । रासस
