Nepali Unicode | Preeti to Unicode

काठमाडौँ- नेपाली कांग्रेसले आगामी स्थानीय तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बिषयमा आज औपचारिक निर्णय गर्दैछ।

पार्टी कार्यालयमा आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट स्थानीय तह निर्वाचनमा सत्ता साझेदार अरु दलहरुसँग गठबन्धन गर्नुपर्ने अधिकांश केन्द्रीय सदस्यहरुको सुझावपछि आज काँग्रेसले यस बिषयमा निर्णय गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज बस्ने बैठकले प्राप्त सुझावहरुको आधारमा गठबन्धनबारे प्रस्ताव पारित गर्ने जानकारी दिनुभयो ।

बैठकमा आएको सुझाव अनुसार निर्णय लिनका लागि बैठकले एउटा प्रस्ताव तयार गर्ने र त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गर्ने प्रवक्ता डाक्टर महतले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर