युक्रेनले आफ्ना चार लाख नागरिकलाई जबरजस्ती रुस लगेको आरोप लगाएको छ । द्वन्द्वग्रस्त इलाकाबाट करिब चार लाख दुई हजार युक्रेनी जनतालाई रुसमा लगेको आरोप लगाएको हो ।
युक्रेनका अनुसार युक्रेनमा लगिएका युक्रेनी जनतालाई राजधानी किभमाथि दबाब दिन प्रयोग गरिने सक्ने विषयमा आशङ्का गरिएको छ । लगिएका युक्रेनी जनतामा ८४ हजार बालबालिका रहेको बताइएको बिबिसीले उल्लेख गरेको छ । रुसले सोही सङ्ख्यामा युक्रेनी शरणार्थी रुसमा प्रवेश गर्न चाहेकाले प्रवेशाज्ञा दिएको दाबी गरेको छ ।युक्रेनको पूर्वी क्षेत्रका युक्रेनी विद्रोहीहरूले कब्जा गरेको क्षेत्रमा रुसीभाषा बोल्ने युक्रेनी जनताको बाहुल्यता रहेको छ । ती विद्रोहीहरू मस्कोसँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहेका छन् ।
