Nepali Unicode | Preeti to Unicode

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली काङ्ग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।

बिहीबार चितवन आएका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अहिले पनि गठबन्धन भइरहेको र तीन तहकै चुनावमा हुने बताए ।चितवन काङ्ग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उनको भनाइ थियो । चितवनमा काङ्ग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘चितवन काङ्ग्रेसले भनेर केही हुँदैन, केन्द्रबाटै निर्णय हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर