Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

नेपाल विद्युत् प्राधिकरणले यदाकदा विद्युत् आपूर्तिमा आउने अवरोधलाई जोडेर ‘अब लोडसेडिङ हुन थाल्यो’ भन्‍ने जस्ता अफवाह सुनिन थालेको बताएको छ । मर्मत सम्भार गर्दा आपूर्तिमा समस्या आएको बताउँदै प्राधिकरणले लोडसेडिङ सुरु भएको कुरामा कुनै सत्यता नभएको दाबी गर्दे त्यस्तो अवस्था नरहेको व्यहोरा सरोकारवामामा अनुरोध गरेको छ ।

प्राधिकरणले भनेको छ, “प्राधिकरण आम उपभोक्तामा थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।” निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राधिकरणमा कार्यकाल सकेर बिदा भएसँगै समयसमयमा बत्ती जान थालेको छ । त्यसलाई प्राधिकरणमा सफल कार्यकाल सकेर बिदा भएका घिसिङसँग जोडिने गरेको छ । प्राधिकरणले भनेको छ, “प्रशारण एवं वितरण लाइनको सञ्‍चालन तथा विद्युत् आपूर्तिको निरन्तरता, विद्युत महसुल र भुक्तानी सम्बन्धमा उपभोक्ता महानुभावले हालैको समयमा देखाउनुभएको चासो र चिन्ताको सम्बन्धमा प्राधिकरण सजग छ ।” विद्युत्‌को प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड) बाट गएकाले प्रतिकूल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको प्रधिकरणको स्पष्टोक्ति छ ।

नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकाले यस्तो अवस्थामा विद्युत् आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने प्राधिकरणले बताएको छ । उसल भनेको छ, ” यस्ता समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रतिबद्ध छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय