चैत ७-
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।
बैठकलाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
उनले भने, ‘तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ ।’
