Nepali Unicode | Preeti to Unicode

चितवनको माडीमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक पक्राउ परेका छन् ।

माडीको सोमेश्वर उच्च माविको कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।

माडी नगरपालिका–५ घर भएका सो विद्यालयका शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छात्राकी आमाले घटना भएको चार दिनपछि चैत ३ गते इलाका प्रहरी कार्यालय माडीमा आशय करणीअन्तर्गत किटानी जाहेरी दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

यौन दुर्व्यवहारको घटना विद्यालयमा फैलिएपछि विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयभित्रै मोसोसमेत दलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर