Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

इङ्ग्लिस फुटबल क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बिक्री गर्ने योजना बनाएको बताएका छन् । क्लब बिक्रीबाट हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई सहयोगका लागि उपलब्ध गराउने रुसी व्यापारी अब्रामोभिचले बताएका बीबीसीले जनाएको छ । उनले चेल्सी फुटबल क्लब र समर्थकलाई बिर्सन नसक्ने बताएका छन् ।

उनले क्लब बिक्री निकै कठिन निर्णय भएको र यसले पीडा दिएको बताएका छन् । अब्रामोभिचले चेल्सी क्लबलको बिक्री मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेका बताइन्छ ।

क्लब बेच्ने निर्णयबारे ५५ वर्षीय अब्रोमोभिचले भनेका छन्, ‘मेरो निर्णय यो क्लब, समर्थक, यहाँका कर्मचारी, क्लबका प्रयोजक र साझेदारहरूको समेत हितमा रहेको मेरो विश्वास छ । क्लब बिक्री गर्न कुनै हतार गरिने छैन, एक प्रक्रियाअनुसार हुनेछ । म कुनै ऋण तिर्न भन्ने छैन ।’

उनले चेल्सीलाई एउटा परोपकारी संस्था खडा गर्न भनेको र जसमार्फत सबै मुनाफा दान गरिने बताएका छन् ।

अब्रामोभिचले सन् २००३ मा १४ करोड पाउन्ड स्टर्लिङमा खरिद गरेका थिए । उनले क्लब खरिद गरेपछि चेल्सीले दुई पटक च्याम्पियन्स लिग, पाँच पटक प्रिमियर लिग र एफए कप, दुई पटक युरोपा लिग र तीन पटक लिग कप जितेको छ । यस्तै सन् २०२१ अगस्टमा चेल्सीले यूईएफए सुपर कप र फेब्रुअरीमा पहिलो पटक क्लब विश्व कप उपाधि जित्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय