Nepali Unicode | Preeti to Unicode

नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेलाई सिध्याउन सञ्चार माध्यमहरू लागिपरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उनले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहँदा सञ्चारमाध्यमले पनि साथ दिएको भन्दै आक्रोश पोखे ।

प्रेस चौतारीका सह–इञ्चार्जसमेत रहेका रिजालले भने, ‘त्यसलाई तोड्न प्रेस चौतारीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । देशका सम्पूर्ण राजनीतिक दलहरू पनि एमालेविरोधी गतिविधिमा छन् ।

आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रूपमा स्थापित हुनुपर्ने रिजालले खाँचो औँल्याए ।

‘चुनावमा हामीलाई दोस्रो हुने छुट छैन । पार्टीको विजयका लागि लडाइँ लड्नुपर्ने र वर्तमान विकृत संसदीय अभ्यासका खेल भइरहेकाले त्यसलाई सही ट्र्याकमा ल्याउन एमाले लाग्नुपर्छ,’ रिजालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर