Nepali Unicode | Preeti to Unicode

काठमाडौं, फागुन १६ । संघीय संसद् भवन अगाडि नयाँ बानेश्वरस्थित सडकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

आज बिहान नयाँ बानेश्वरमा ‘नो एमसीसी’ लेखेर राखिएको प्रेस कुकर भेटिएको थियो। त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।

एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत ६ राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेका थिए। उनीहरूको बन्दको प्रभाव भने परेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर