जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक ललितपुरमा सुरु भएको छ । शुक्रबार सुरु भएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘अध्यक्ष उपेन्द्र यादव गठबन्धनको बैठक सकेर आएसँगै कार्यकारिणी बैठक सुरु भएको छ,’ ती नेताले भने, ‘बैठकमा एमसीसी सम्झौता र अन्य एजेन्डाहरूमा छलफल हुनेछ ।’
शनिबार पाँच घण्टा लामो चलेको छलफलमा एमसीसीको विषयमा छलफल नै भएको थिएन । आइतबार सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको हो ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु एमसीसीका विषयमा विभाजित भइरहँदा सत्ता गठबन्धनमै रहेको जसपाले हालसम्म एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
