Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले अमेरिकी सहयोग एमसिसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । उनले भने,‘ सैद्धान्तिक रूपले पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिन  सक्दासम्म निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।’

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डलाई बालुवाटार पठाउने तयारी भइरहेको गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर