Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार (आज) पनि प्रतिनिधिसभाको बैठक बस्नुअघि छलफल हुने भएको छ।

अमेरिकी सहायता सम्झौता (एमसिसी) संसदबाट अनुमोदनको लागि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । आज पनि दुई पक्षबीच छलफल हुने तय भएको नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

हिजो भएको छलफलअनुसार आज थप बसेर निष्कर्ष निकाल्न दुबै दल सहमत भएका छन् । काङ्ग्रेस र एमालेबीच दिउँसो प्रतिनिधिसभा बैठक बस्नुअघि छलफल हुने बताइएको छ ।

एमालेले सहमतिको लागि  कि सभामुख हटाउनुपर्ने कि  १४ सांसद बर्खास्त गरिनुपर्ने माग गरेको छ । यसमा काङ्ग्रेस तयार भए एमसिसीमा अनुमोदनको लागि एमलेले सहयोग गर्ने आश्वासन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर