सिन्धुपाल्चोकमा श्रीमान्को बन्चरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ । श्रीमती हत्या आरोपमा बन्चरो प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
बन्चरो प्रहार गरी आफ्नै २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीका ३२ वर्षीय जीवन तामाङलाई प्रहरीले मङ्गलबार दिउँसो पक्राउ गरेको हो ।
दाउरा चिर्ने विषयमा विवाद हुँदा जीवनले श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकका श्रीमान् जीवनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
