Nepali Unicode | Preeti to Unicode

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले गठबन्धनका दलहरूले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन्।

रिजालले सोमवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेपाली कांग्रेस र माओवादी केन्द्र घिउ बेचुवा र तरबार बेचुवाजस्ता भएको टिप्पणी गरेका हुन् ।

‘गठबन्धन वालाहरू, घिउ बेचुवा र तरबार बेचुवा’जस्ता ’ उनले लेखेका छन्‚ ‘प्रमको दल र सभामुखको दल दुबै’। उनले एमाले संसदीय दलको जानकारीबिना भीम रावललाई संसदमा बोल्न दिएकोमा पनि रिमालले आपत्ति जनाएका छन्।

उनले लेखेका छन्, ‘दलको जानकारी बेगर सिखण्डी खडा गरेर बहस पनि यसैगरी, निर्णय पनि यसैगरी हुने भन्दै चिट पनि मेरै पट पनि मेरै ,चिची पनि मलाई पापा पनि मलाईको कपटपूर्ण अभ्यासमा गठबन्धन छ।’

प्रतिक्रिया

सम्बन्धित खवर