Nepali Unicode | Preeti to Unicode

प्रहरी प्रधान कार्यालयले एकै पटक १८ जना एसपी (प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार २०७८ फागुन महिनादेखिको तलब भत्तासमेत दरबन्दी कायम भएको स्थानबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको हो । काठमाडौं उपत्यका प्रहरी तालिम शाखामा कार्यरत एसपी कमल थापाको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज सूचना सङ्कलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा सरुवा भएको छ ।

त्यहाँ कार्यरत गङ्गा पन्तको काठमाडौं उपत्यका प्रहरी तालिम शाखा सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट एसपी कृष्णबहादुर पल्ली मगरको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी सरुवा भएको छ ।

बाग्लुङ प्रहरी प्रमुखका रूपमा नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँबाट दयानिजी ज्ञवालीको सरुवा भएको छ । वाग्मती प्रदेश प्रहरी गण मकवानपुरबाट केदार खनाललाई सरुवा गरेर जिल्ला प्रहरी कार्यालय गोरखा लगिएको छ ।

गणमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत गोविन्द थपलियालाई लगिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट मनोजकुमार केसीको सरुवा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मानव स्रोत व्यवस्थापन महाशाखामा भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एसपी रवीन्द्र रेग्मीको सरुवा रुपन्देही भएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट एसपी तुलबहादुर कार्कीको सरुवा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट दानबहादुर मल्लको सरुवा मानव बेचविखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन महाशाखामा भएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरीबाट दीपककुमार बस्नेतको सरुवा जिल्ला प्रहरी कार्यालय गुल्मी भएको छ ।

धनकुटा प्रहरी प्रमुख एसपी नकुल पोखरेलको सरुवा प्रदेश १ प्रहरी कार्यालय विराटनगर मानव स्रोत व्यवस्थापन महाशाखामा भएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण हेटौँडाबाट विमलराज कँडेललाई सरुवा गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुली लगिएको छ ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासीबाट वीरबहादुर ओलीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण हेटौँडा लगिएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगर मानव स्रोत व्यवस्थापन महाशाखाबाट लक्ष्मीराज अधिकारीको सरुवा जिल्ला प्रहरी कार्यालय धनकुटा भएको छ ।

मानव बेचविखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन महाशाखाबाट शारदाप्रसाद चौधरीको सरुवा जिल्ला प्रहरी कार्यालय डोटी भएको छ । गोरखाबाट शेखर खनालको सरुवा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रहरी शाखामा भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गोपालचन्द्र भट्टराईको सरुवा नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर