Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो ।

एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ । अहिले दीपिका गोवामा छिन् र एनसीबीमा आफ्नो बयान दर्ता गर्न उनी चाँडै नै मुम्बई आउने छिन् । यस्तै रकुल र सिमोनलाई २४ सेप्टेम्बर र श्रद्धा र सारालाई २६ सेप्टेम्बरमा मुम्बईस्थित एनसीबीको प्रधान कार्यालय बोलाएको छ ।

एनसीबीले हालसम्म यस मुद्दामा रिया चक्रवर्ती, उनका भाई सोविक चक्रवर्ती, सुशान्तका अपार्टमेन्ट म्यानेजर शम्युएल मिरान्दा र उनको घरमा कर्मचारी दीपेश सावन्तलाई पक्राउ गरेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा लागुऔषध सम्बन्धमा अनुसन्धान गर्दै एनसीबीले यसअघि दीपिकाका प्रबन्धक करिष्मा प्रकाश र क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका सीईओ ध्रुव चितगोपेकरलाई सोधपुछको लागि बोलाइसकेको छ ।

एनसीबीले ह्वाट्स एप म्यासेजमा लागुऔषध किनबेचको कुरापछि सोधपुछको लागि बोलाएको हो । जसमा दीपिकाले उनकी म्यानेजर करिष्मालाई लागुऔषध पठाउन च्याट गरिएको थियो
भने अन्यसँग रियाको ह्वाट्स एप ग्रुपमा लागुऔषधबारे कुराकानीको आधारमा बोलाएको हो । – टाइम्स नाउ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय