अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीले पाएका छन् ।
आज मङ्गलबारदेखि लागू हुने गरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको हो ।‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारीलाई तोकिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
