Nepali Unicode | Preeti to Unicode

फाल्गुन २ गते । एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा मिलानले साम्पडोरियालाई १–० गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो । एसी मिलानको जितमा राफयल लियोले पहिलो हाफको सुरुमै गरेको गोल निर्णायक बनेको थियो ।

लियोले आठौँ मिनेटमा गोलरक्षक मिक मेइगननको लामो पासमा गोल गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानले २५ खेलबाट ५५ अंक बनाएको छ । एक खेल कम खेलेको इन्टर मिलान ५४ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नापोलीको ५३ अंक छ ।

पराजित साम्पडोरिया २३ अंक सहित १६औँ स्थानमा छ । चौथो स्थानमा रहेको युभेन्ट्सको ४६ अंक छ । आइतबार रातिनै भएको खेलमा युभेन्ट्स एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर