बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
आउँदो फागुन २ गते बस्नेगरी बैठक स्थगित भएको हो । संसद् सचिवालयका अनुसार बैठक स्थगित गर्न सभामुखले निर्देशन दिइसकेका छन् । अपराह्न १ बजेका लागि बैठक बोलाइएको थियो । एमसिसी टेबुल गर्ने विषयमा सत्तारुढ गठबन्धनभिै सहमति हुन सकेको छैन । मङ्गलबार साँझ देउवाले केही नेता र मन्त्रीहरूसँग भोलि हुने भनिएको बैठकबारे छलफल गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग सल्लाह गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सार्न आग्रह गरेका थिए ।
