कमल थापाले पार्टीबाट अलग हुने निर्णय गरेका छन् । मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलन गरी उनले आफ्नो कुराको सुनुवाइ नभएपछि पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका छन् ।
३१ वर्ष राप्रमामा बिताएका उनले पार्टीभित्र देखापरेको सैद्धान्तिक विचलन र गलत प्रवृत्तिलाई सुधार गर्दै लैजाने आफ्नो चाहना भए पनि बाध्य भएर पार्टी छाड्नु परेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
मङ्सिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।

