Nepali Unicode | Preeti to Unicode

नेपाल राष्ट्र बैङ्कले १४ अर्बको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैङ्कले २८ दिन,९१ दिन र ती सय ६५ दिन गरी तीन किस्तामा कुल १४ अर्ब १० करोड रुपैयाँमा बाराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने लागेको हो ।

राष्ट्र बैङ्कले ट्रेजरी बिल सार्वजनिक गर्न सोमबार आज दिउँसो तीन बजेसम्म दरखास्त आह्वान गरेको हो । सोहीअनुसार लगानीकर्ताले आज तीन बजेसम्म उक्त ट्रेजरी बिल खरिद गर्न चाहेका आवेदन दिन सक्ने छन् ।

बैङ्कले २८ दिनका लागि दुई अर्ब, ९१ दिनका लागि सात अर्ब १० करोड र तीन सय ६५ दिनका लागि पाँच अर्ब रुपैयाँ बराबरको बिल जारी गरिने छ ।

यी बिलहरू जारी भएको मिति भोलि माघ २५ गतेदेखि क्रमशः फागुन २४ गते, २०७९ वैशाख २७ गते र २०७९ माघ २४ गते परिपक्व हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर