Nepali Unicode | Preeti to Unicode

कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ ।

कोरोना भाइरस सङ्क्रमणका हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे -‘कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरेअनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो।’

कोरोना सङ्क्रमण दर कम भएपछि कैदीबन्दीसँग आफन्तहरुको भेटघाट जारी राख्ने पनि जेलर घिमिरेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर