Nepali Unicode | Preeti to Unicode

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल आज गुर्जुधारस्थित यातायात कार्यालय अनुगमनका लागि पुगेका छन् । हिजो ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेर अनुगमन गरेका मन्त्री दाहालले आज यातायात कार्यालय गुर्जुधाराको अनगुमगन गर्दै त्यहाँ रहेका लिखित फाइलहरूलाई डिजिलाइजेसन गर्न निर्देशन दिए ।

उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठूलो समस्या सिर्जना गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए । कार्यालयबाट तत्काल त्यो सम्भव नभए निजी क्षेत्रलाई टेन्डर आह्वान गरेर भए पनि लिखित फाइलहरू तत्काल अनलाइनमा परिणत गर्नुपर्ने उनको भनाइ थियो ।

उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रूपान्तरण गरेर जानुपर्नेमा जोड दिए । ‘अब नयाँ प्रविधि भित्र्याएर जानुपर्छ,’ उनले भने  । उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने प्रतिबद्धता पनि जनाए ।

मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरूका कारण इमान्दार कर्मचारीहरू पनि कलङ्कित भएको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर