Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । मङ्गलबार राति ब्राइटनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि दुवै टिमले एक–एक अङ्क बाँडेका हुन् ।

सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीले ब्राइटनसँग अङ्क बाँडेको हो । खेलको २८औँ मिनेटमा हाकिम जियचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६०औँ मिनेटमा अदाम वेबस्टरले गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काए । त्यसपछि खेलमा थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै तेस्रो स्थानको चेल्सीले २३ खेलमा ४४ अङ्क बनाएको छ । उसले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अङ्कले पछाडि परेको छ ।

पराजित ब्राइटन भने २९ अङ्कका साथ नवौँ स्थानमा छ । उसले २१ खेल खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय