प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।
पूर्वनिर्धारित सबै अधिवेशन कोरोना महामारीका कारण स्थगित गरिएको चौतारीले सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अर्काे सूचना जारी नभएसम्मका लागि सबै अधिवशेनहरू स्थगित गरिएको चौतारी अध्यक्ष गणेश बस्नेतले बताए ।
पोखरामा यही माघ २२ र २३ का लागि नवौँ राष्ट्रिय महाधिवेशन तोकिएको थियो । त्यसअघि प्रदेश र जिल्ला तहका अधिवेशन हुने पूर्वनिर्धारित सूची थियो । केही जिल्लामा भने अधिवेशन भइसकेको छ ।
सरकारले कोरोनाका कारण स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरिसकेको छ । कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि प्रेस चौतारी नेपालका थुप्रै सदस्य सङ्क्रमित भएपछि महाधिवेशन स्थगित गरिएको बस्नेतले जनाए ।
