Nepali Unicode | Preeti to Unicode

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण श्रेष्ठको पत्रकार सम्मेलन स्थगित भएको छ । मन्त्रालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको हो ।

कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको जनाइएको छ ।

साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गरेका प्रमुख कार्य र उपलब्धिहरू इमेलमार्फत पठाइनेछ मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर