Nepali Unicode | Preeti to Unicode

टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीले नयाँ पार्टी दर्ता गर्ने भएका छन् । सोमबार डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरीका समर्थकहरू दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

चौधरीका समर्थकहरू खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका छन् । टिकापुर हत्याकाण्डका आरोपी चौधरी २०७४ सालको आमनिर्वाचनमा राजपाबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट अत्यधिक मतले विजय भएका थिए ।

टिकापुर हत्याकाण्डमा फरार रहेका चौधरीले फरार रहेकै बेला प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । उनी सोही क्षेत्रबाट अत्यधिक मत ल्याएर निर्वाचित भएको थिए ।तर,कर्तव्य ज्यान मुद्दामा दोषी ठहर रहेका चौधरीलाई पछि सांसद पदबाट निलम्बित भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर रहेका चौधरीको मुद्दामा जसपाले सम्बोधन गरेको भन्दै चौधरी जसपाबाट अलग हुँदै नयाँ दल दर्ता गराउने प्रक्रियामा अगाडि बढेका थिए । सोहीअनुरुप आज चौधरीले नागरिक उन्मुक्ति नामको पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर