Nepali Unicode | Preeti to Unicode

चर्चित र्‍यापर आशिष राना लाहुरे पक्राउ परेका छन् ।

प्रतिबन्धित लागुऔषधसहित उनीसँगै अन्य तीन–चार जना पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् । उनलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तिवारीले जानकारी दिए ।

‘लाहुरे भनिने आशिष रानासहित अन्य तीन–चार जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ,’ तिवारीले भने ।

लाहुरेलाई ब्राउनसुगर कारोबार गरेको आरोप लगाइएको छ । यद्यपि अनुसन्धानकै क्रममा रहेको भन्दै थप जानकारी प्रहरीले दिन मानेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर