Nepali Unicode | Preeti to Unicode

पुस ६ गते । प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट पात्लेटारबाट एक किलो अवैध लागूऔषध गाँजा र करिब ३४० ग्राम पोल्याण्डसहित सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले न्यौपानेको घरमा तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाटमा ना.८ ख ८०९१ नम्बरको टिपर सोमबार राति दुर्घटना हुँदा चालक ललितपुर गोदावरी नगरपालिका–७ बुरुङचुल्ली बस्ने ३० वर्षीय अजय मार्फा (तामाङ) को मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका चालकको उपचारको क्रममा नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर