गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी अघि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मङ्गलबार प्रदेश १ को राजधानी जनकपुरमा सञ्चारकर्मीसँगै कुरा गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यसअघिका सरकारकै पालामा एमसिसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व हो । त्यसैले सरकारले सबैको सहमति र सहाकार्यकै आधारमा एमसिसीलाई अगाडि बढाउँछ ।’
काङ्ग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम गएका गृहमन्त्री खाँणले एमसिसीको बारेमा जनतामा केही भ्रम रहेकोसमेत बताए । उनले भने, ‘सरकारले एमसिसीबाट गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ ।’
