राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि आज (आइतबार) बिहान मतगणना सकिएको छ । अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी बने ।
लिङ्देनले थापालाई दुुई सय २७ मतान्तरले पराजित गरे । लिङ्देनले एक हजार आठ सय ४४ र थापाले एक हजार छ सय १७ मत ल्याए ।
खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक (२५२१) मत ल्याएर विजयी बने । कमल थापा प्यानलका बुद्धिमान तामाङ एक हजार नौ सय ४४ मत र त्यही प्यानलका ध्रुवबहादुर प्रधान एक हजार आठ सय १४ मत ल्याएर विजयी बने ।
महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भइन् । उनले एक हजार पाँच सय ८९ मत ल्याइन् ।
महिला महामन्त्रीमा भने रेखा थापालाई पराजित गरी कुन्तीकुमारी शाही विजयी बनिन् । थापाले एक हजार छ सय ४० मत पाइन् । शाही दुई हजार आठ मत ल्याएर विजयी भइन् ।
राप्रपाको मतगणनापछि सार्वजनिक गरिएको मत परिणाम यस्तो छ :
अध्यक्ष
राजेन्द्र लिङ्देन १८४४ (विजयी)
कमल थापा १६१७
उपाध्यक्ष खुला
विक्रम पाण्डे २५२१ (विजयी)
बुद्धिमान तामाङ १९४४ (विजयी)
ध्रुवबहादुर प्रधान १८१४ (विजयी)
दिलविक्रम राजभण्डारी ११९४
रामचन्द्र राय यादव ९६७
जगतप्रसाद गौतम ८९०
उपाध्यक्ष महिला
रोशन कार्की १५८९ (विजयी)
लीलादेवी श्रेष्ठ १०५४
दुर्गा श्रेष्ठ ८०५
महामन्त्री खुला
धवलशमशेर राणा २२२१ (विजयी)
भुवनकुमार पाठक १७०५ (विजयी)
भाष्कर सदा १५६७
श्यामप्रसाद तिमिल्सिना १०६१
महामन्त्री महिला
कुन्तीकुमारी शाही २००८
रेखा थापा १६४०
