Nepali Unicode | Preeti to Unicode

कोरोना सङ्क्रमण भइ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डिस्चार्ज भएका छन् ।

बलम्बुस्थित नेपाल एपिएफ अस्पतालले जबरालाई केहीबेरअघि डिस्चार्ज गरेको हो ।

हिजो बिहीबार उनले आफू आज (शुक्रबार) डिस्चार्ज हुने बताएका थिए ।

अस्पतालमा रहँदा सर्वाेच्चमा कायममुकायम प्रधानन्यायाधीश नतोकिएको भन्दै उनीमाथि दबाब परेको थियो । सत्तारुढ गठबन्धनका शीर्ष नेताको हिजोको बैठकले उनलाई कायममुकायम तोक्न सुझाव दिने निर्णय गरेको थियो ।

हिजै दिउँसो नेपाल बार एसोसिएसन र सर्वाेच्चका न्यायाधीशको बैठकमा जबराले आफू डिस्चार्ज हुने भएकाले कायममुकायम नतोक्ने बताएका थिए ।

बैठकस्थलबाटै गरिएको टेलिफोन वार्तामा उनले डिस्चार्ज भएपछि आफैंले जिम्मेवारी सम्हाल्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर