अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा अभिनेत्री थापाले महामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् ।

यसअघि राप्रपामा केन्द्रीय सदस्यसमेत रहेकी थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् ।
राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ ।
